काठमाडौँ : सिक्लेस हाइड्रोपावरद्धारा लाभांश घोषणा गरेको छ जसमा कम्पनीले १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो जसमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६९ प्रतिशतले हुन आउने नगद लाभांश छन्।
विद्युत नियमन आयोग आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।