धनगढीमा चट्याङको झिल्का लाग्दा सात जना घाइते, सेती अस्पतालमा उपचार हुँदै
धनगढी : धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा जन्मदिन मनाइरहेका बेला चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्। मंगलबार राति करिब ९ः३० बजे स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ परेपछि त्यसको झिल्का लागेर उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
घटनापछि घाइते सातै जनालाई राति करिब ११ः०५ बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com