२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने स्थिर,कतिमा हुँदैछ कारोबार?

images

  • २०८० मंसिर ४, सोमबार
  • 881
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भने स्थिर,कतिमा हुँदैछ कारोबार?

    मङ्सिर ४, काठमाडौं : आइतबार स्थिर रहेको सुनको भाउ सोमबार सामान्य वृद्धि भएको छ। आज सोमबार सुनको भाउ २०० रुपैयाँ बढेको छ। आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर १ लाख १५ हजार ७ सय रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार १ लाख १५ हजार ५ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो। 

    यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आइतबार १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा खरिद बिक्री भएको थियो। यता चाँदीको भाउ भने १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी आइतबार पनि सोही भाउमा खरिद बिक्री भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ