२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सामान्य अंकले घट्याे नेप्से, ३ अर्ब ७४ करोडको कारोबार

images

  • २०८३ असोज २१, बुधबार
  • 201
    SHARES
  • सामान्य अंकले घट्याे नेप्से, ३ अर्ब ७४ करोडको कारोबार

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ। हिजो मंगलबार सामान्य अंकले बढेको नेप्से आज पुन गिरावट आएको छ।  नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। आज नेप्से परिसूचक ६.३८ अंकको घटेर २ हजार ५ सय ७२ दशमलव ३४ विन्दुमा पुगेको हो।

    त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.६३ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ। आज १२ वटै उपसमूहका परिसूचक घटेको छ भने १ वटै उपसमूहका परिसूचक बढेको छ। साथै, आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ र १ सय ६७ कम्पनीको शेयर मूल्य घटेको छ तथा १२ कम्पनीको शेयर मूल्य स्थिर छ।

    यसगरी, आज घलेम्दी हाइड्रोको ३२ करोड २१ लाख १२ हजार रुपैयाँ, रिलायन्स स्पिनिङ्ग मिल्सको २९ करोड ३६ लाख २६ हजार रुपैयाँ र पिपुल्स हाइड्रोपावर कम्पनीको १६ करोड २९ लाख ३८ हजार रुपैयाँ शेयर कारोबार भएको छ। साथै, आज घलेम्दी हाइड्रोको शेयर सर्वाधिक ५.८५ प्रतिशत बढेको छ भने ग्लोबल आइएमई समुन्नत योजना २ को शेयर सर्वाधिक ५.२६ प्रतिशतले गिरावट आएको छ।

    यसगरी, आज ३ सय ५९ कम्पनीको ३९ हजार ४ सय ६६ पटकको कारोबारमा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ६ सय ८८ कित्ता शेयर कारोबार भएको छ भने हिजो  मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    Capture.JPG
    Nepse

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ