२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८३ असोज २२, बिहीबार
  • 256
    SHARES
  • रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : रिज लाइन इनर्जीले घोषणा गरेको लाभांश हात पार्ने र आगामी वार्षिक साधारणसभामा सहभागी हुने आज (असोज २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा सभा प्रयोजनका लागि भोलि असोज २३ गते ‘बुक क्लोज’ गर्ने निर्णय गरेकाले आजसम्म कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र लाभांशका लागि योग्य हुनेछन्।

    कम्पनीले हाल कायम चुक्ता पुँजीका आधारमा १२ करोड ४७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्तावलाई कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।

    रिज लाइन इनर्जीले साधारणसभा कात्तिक १७ गते ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा आयोजना गर्ने जनाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। साधारणसभामा प्रस्तावित नगद लाभांश पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची पनि रहेको छ।

    त्यस्तै, दूधपोखरी चेपे हाइड्रोपावरको ऋण तथा कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा प्रदान गरिएको संस्थागत जमानतलाई अनुमोदन गर्ने प्रस्ताव सभामा पेस हुनेछ। सभाले १२.५०४ मेगावाट क्षमताको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण तथा बिक्री गर्ने प्रस्तावसमेत छलफल गरी निर्णय गर्नेछ।

    यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुने कम्पनीले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ