काठमाडौँ : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश रहेको छ भने कम्पनीको चुक्तापुँजी १४ करोड ७४ लाख ५९ हजार ६ सय ७५ रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति लिएपछि आगामी १५औँ वार्षिक साधारणसभामा पेश गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै उक्त लाभांश शेयरधनीलाई वितरण गरिनेछ।