२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

images

  • २०८० मंसिर ४, सोमबार
  • 1.1K
    SHARES
  • भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

    मङ्सिर ४, काठमाडौं : सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु १ अर्ब ४१ करोड निकासा गरेको छ। 

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो। 

    त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि रु ५०/५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु २ करोड रकम निकासा भएको छ। 

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्पप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो।

    उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्पप्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताउनुभयो। 

    उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ। प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशानुसार अनुरोध पनि गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ