काठमाडौँ : मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २२ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ५ प्रतिशत बोनश शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ रुपैयाँ ८० पैसा रहेको छ। कम्पनीको सोही बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको कम्पनीको वित्तीय विवरण अनुसारको वितरणयोग्य नाफाबाट कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।



