२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उखु खेती गर्ने किसानलाई राहत: १ अर्ब ५० करोडभन्दा बढी अनुदान दिने

images

  • २०८३ असोज २३, शुक्रबार
  • 236
    SHARES
  • उखु खेती गर्ने किसानलाई राहत: १ अर्ब ५० करोडभन्दा बढी अनुदान दिने

    काठमाडौं : सरकारले उखु खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्न १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानलाई उपलब्ध गराइने अनुदान वितरणसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै रकम वितरणको प्रक्रिया अघि बढेको हो ।

    आर्थिक वर्ष २०८३/८४ का लागि निकासा गरिएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई उपलब्ध गराइनेछ ।

    सरकारले उखु खेतीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादन बढाउने र किसानलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । अनुदानले उखु उत्पादनमा संलग्न किसानलाई खेतीको लागत व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    सरकारी कार्यक्रमअन्तर्गत उखु उत्पादक किसानले उत्पादन गरेको उखुको परिमाणका आधारमा प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान पाउँदै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ