२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राप्ती नदी किनारमा मृत बाघ फेला

images

  • २०८० मंसिर ४, सोमबार
  • 1.0K
    SHARES
  • राप्ती नदी किनारमा मृत बाघ फेला

    मङ्सिर ४, भरतपुर : चितवनको भरतपुर महानगरपालिका २७, मेघौलीस्थित राप्ती खोला किनारको हरियाली मध्यवर्ती सामुदायिक वनमा एउटा पोथी बाघ मृत फेलापरेको छ।

    मरेको बाघ अन्दाजी ७ वर्षको रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारीले जानकारी दिनुभयो। शरीरका विभिन्न भागमा घाउ रहेको उक्त बाघ अर्को बाघसँग जुधेर मरेको हुनसक्ने सूचना अधिकारीको भनाइ छ।

    पछिल्लो सर्वेक्षणअनुसार देशभर ३५५ वटा बाघ छन्। चितवन निकुञ्ज र यस आसपासका वन क्षेत्रमा सबैभन्दा धेरै १२८ वटा बाघ छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ