काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। दुवै टोलीका लागि यस खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसरका रूपमा रहनेछ।
जनकपुर बोल्ट्सले प्रतियोगितामा सुखद सुरुवात गर्न सकेको थिएन। पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराउँदै पुनरागमन गरेको थियो।
यता, पोखरा एभेन्जर्सले पनि पहिलो खेलमा हार बेहोरेको थियो। आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा आइतबारको खेल जित्दै प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यमा हुनेछ।