२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल टेलिकम बन्यो एनपीएलको आधिकारिक दूरसञ्चार साझेदार

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, ब्रान्ड प्रवर्द्धनसँगै क्रिकेट विकासमा जोड

images

  • २०८३ कात्तिक १, आइतबार
  • 276
    SHARES
  • एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, ब्रान्ड प्रवर्द्धनसँगै क्रिकेट विकासमा जोड

    काठमाडौं : नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक दूरसञ्चार साझेदारका रूपमा सहकार्य गर्ने भएको छ। कम्पनीको ब्रान्ड प्रवर्द्धनसँगै नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रियस्तरमा यसको पहिचान विस्तार गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो।

    नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीका अनुसार एनपीएलसँगको साझेदारी कम्पनीको व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित छैन। यसलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत नेपाली क्रिकेटको संस्थागत विकासमा योगदान पुर्‍याउने अवसरका रूपमा पनि लिइएको छ।

    नेपाल टेलिकमले यसअघि नेपाल क्रिकेट संघ (क्यान) तथा संघद्वारा आयोजित विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको थियो। विगतमा क्लबस्तरका गतिविधिमा केन्द्रित रहेको कम्पनीको सहभागिता यसपटक भने राष्ट्रियस्तरको व्यावसायिक क्रिकेट प्रतियोगितासम्म विस्तार भएको अधिकारीले बताए।

    उनका अनुसार दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलसँग जोडिनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर हो। यस सहकार्यबाट नेपाल टेलिकमको ब्रान्डलाई थप परिचित गराउनुका साथै देशमा लोकप्रियता बढाउँदै गएको क्रिकेट क्षेत्रलाई संस्थागत रूपमा बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थिति विस्तार गरिरहेको अवस्थामा निजी तथा सार्वजनिक संस्थाको सहकार्यले खेल क्षेत्रको विकासमा थप योगदान पुर्‍याउन सक्ने विश्वास गरिएको छ।

    साझेदारी केहि झलकहरु : 

    7.jpg8.jpg5.jpg6.jpg3.jpg4.jpg1.jpg2.jpg

    1.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ