मङ्सिर ५, काठमाडौं : हिजो सोमबार २ सय रुपैयाँ बढेको सुनको मूल्य आज मंगलबार पनि ५ सय रुपैयाँ बढेको हो। बढेसँगै आज छापावाला सुनको मूल्य १ लाख १६ हजार २ सय रुपैयाँ तोकिएको छ। हिजो छापापाला सुनको मूल्य १ लाख १५ हजार ७०० रुपैयाँ कारोबार भएको थियो।
यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य हिजो सोमबार १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदी ५ रुपैयाँले बढेको हो। यस्तै, आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।



