२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

नेप्से परिसूचकमा २३.८२ अङ्कको गिरावट

images

  • २०८० मंसिर ५, मंगलबार
  • 1.2K
    SHARES
  • नेप्से परिसूचकमा २३.८२ अङ्कको गिरावट

    मङ्सिर ५, काठमाडौं :  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३.८२ अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो।

    आज विभिन्न कम्पनीका २ सय ८५ कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता शेयर ३७ हजार ६ सय ७ पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख ८७ हजार ८ सय ८० बराबर पुगेको छ।

    आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ४२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक ३ दशमलव १२ र लघुवित्त समूहको २ दशमलव ८९ प्रतिशतले बढेको छ।
     
    मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने माथिल्लो मैलुङखोला लिमिटेडको शेयर मूल्य ९ दशमलव ७४ प्रतिशतले घटेको छ। 

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेड रू सात करोड ७८ लाख २९ हजार २ सय ३८ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै २ लाख ९ हजार ७ सय ६० कित्ता किनबेच भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ