२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

images

  • २०८० मंसिर ६, बुधबार
  • 1.0K
    SHARES
  • सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

    मङ्सिर ६, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ७ दिनको समय दिएको छ। प्राधिकरणले यसअघि असोज ६ गते बक्यौता महशुल भुक्तानी गर्न पालिकालाई ४५ दिनको समयसीमा दिएको थियो।

    तर महशुल भुक्तानी नभएको भन्दै प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज पुन अर्को सूचना जारी गरेको हो। जारी सूचनामा केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न भनेको छ।

    मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन निर्देशन दिएको छ।यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने सूचनामा भनिएको छ।

    साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने प्रधिकरणले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ