२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ललितपुर महानगरपालिका १२० मिटर टाढासम्म पानी फाल्ने क्षमताका भएको २ वटा दमकल थपिए

images

  • २०८० मंसिर ६, बुधबार
  • 1.4K
    SHARES
  • ललितपुर महानगरपालिका १२० मिटर टाढासम्म पानी फाल्ने क्षमताका भएको २ वटा दमकल थपिए

    मङ्सिर ६, पाटन :  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताउनुभएको छ। महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्नुहुँदै उहाँले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्दछ भन्नुभयो।
     
    “हामीसँग १०६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ। अहिले आएको यो दमकल अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट सहयोग पुर्‍याउने छ। पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ।  
     
    महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी २ दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो। २ वटा अत्याधुनिक दमकलको लागत मूल्य रु ५ करोड ६५ लाख रहेको उहाँले जानकारी गराउनुभयो। 
     
    दमकलको प्राविधिक पक्षको जानकारी मेकानिकल गराउनु हुँदै महानगरका इन्जिनियर पुष्कर भट्टराईले यो दमकलले १२० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी गराउनुभयो। उहाँका अनुसार ती दमकलमा २ हजार ५ सय लिटर पानी भण्डारण क्षमता छ। यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ।  
     
    विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ