२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अंकले बढ्यो नेप्से, होटल र जलविद्युतमा लगानीकर्ताको आकर्षण

images

  • २०८० मंसिर ६, बुधबार
  • 1.1K
    SHARES
  • दोहोरो अंकले बढ्यो नेप्से, होटल र जलविद्युतमा लगानीकर्ताको आकर्षण

    मङ्सिर ६, काठमाडौं : आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। साताको चौथोकारोबार दिन आज (बुधबार) बजार परिसूचक नेप्से २०.६७ अंकले वृद्धि हुँदा १८५०.३३ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स २.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

    १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। नेप्से बढेसंगै आज कारोबार रकम पनि हिजो मंगलबारको तुलनामा केही बढेको छ। हिजो मंगलबार ९६ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २९४ स्टकको ४३ हजार ५८३ पटकको कारोबारमा १ अर्ब ८  करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १९५ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ। आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लागेको छ भने  सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर सबैभन्दा धेरै ८.१५ प्रतिशतले घटेको छ

    आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशत बढेको छ भने जलविद्युत कम्पनीहरुको उपसमूहको परिसूचक पनि २.३६ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ र  म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शेयर शीर्ष स्थानमा, १० करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर १० करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको संस्थापक शेयर करिब ५ करोडको शेयर कारोबार भएको छ। 

    6share.JPG

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ