२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से सामान्य अंकले वृद्धि

images

सत्कार खबर
  • २०८० जेठ २, मंगलबार
  • 1.4K
    SHARES
  • नेप्से सामान्य अंकले वृद्धि

    काठमाडौं : सेयर बजार परिसूचक नेप्से सामान्य अंकले वृद्धि भएको छ ।

    साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३ें.३१ अंकले वृद्धि हुँदा १८२१.६२ को विन्दुमा बन्द भएको छ । नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ ।

    सोमबार ७२ करोड ६५० लाख कारोबार भएको बजारमा मंगलबार कारोबार रकम झनै घटेर ६४ करोड १ लाखमा झरेको छ । मंगलबार नेप्सेमा १८ हजार ८८९ वटा कारोबारमा २० लाख ६३ हजार ७३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६४ करोड रकमको कारोबार भएको छ ।

    2Capture.JPG
    satkarkhabar

    मंगलबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३६ कम्पनीको सेयरमूल्य बढेको छ । ६४ कम्पनीको सेयरमूल्य घट्यो  भने  १७ कम्पनीको सेयरमूल्य स्थिर भएको छ ।

    विकास बैंक १, फाइनान्स ४, होटल तथा पर्यटन २२, जलविद्युत् १४, जीवन बीमा १३, उत्पादन ५, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ८२ र व्यापार उपसमूह ३ अंक बढेको छ । बैंकिङ १ र अन्य उपसमूह भने ११ अंक घटेको छ । 

    मंगलबार कारोबारमध्ये एनआईसी एशिया बैकको सर्वाधिक ५ करोड १ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको करिब २ करोड ८९ लाख रुपैयाँ र नबिल बैंकको करिब २ करोड १७ लाखको कारोबार भएको छ ।

    कारोबार भएका कम्पनीहरुमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा माया खोला हाइड्रोपावरको सेयरमूल्य ५.७० प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले वृद्धि भएको छ ।

    मंगलबार मात्रै नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार सुर भएको माइखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले गिरावट आएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ