२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप

images

  • २०८० मंसिर ७, बिहीबार
  • 1.3K
    SHARES
  • बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    मङ्सिर ७, काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको अभियानले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा झडप भएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रसाईं नेतृत्वको अभियानले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन आएकाहरु बल्खुमा भेला हुने क्रममा झडप भएको हो।


    सहभागीहरु जम्मा हुने क्रममा रहेका बेला केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि झडपको स्थिति बनेको हो। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीमा भागदौड मच्चिएको थियो। केही बेरको तनावपछि अवस्था सामान्य बनेको छ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ। त्यही बेला युवासंघको र्‍याली बल्खुमा पुगेको थियो। बल्खु क्षेत्रमा सवारी साधनलाई डाइभर्ट गरिएको छ। प्रसाईं नेतृत्वको कार्यक्रमको सुरक्षाका लागि बाक्लो प्रहरी तैनाथी गरिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ