२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने म्याद थप,अब मंसिर १८ गते सम्म आवेदन दिन सक्ने

images

  • २०८० मंसिर ७, बिहीबार
  • 1.1K
    SHARES
  • एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने म्याद थप,अब  मंसिर १८ गते सम्म आवेदन दिन सक्ने

    मङ्सिर ७, काठमाडौं : एनआईसी एसिया ग्रोथ फण्ड २ को इकाईका लागि म्याद थप गरिएको छ। कम्पनीले इकाई बिक्रीका लागि ११ दिनको म्याद थप गरेको हो। यो योजना एनआईसी एसिया म्युचुअल फन्ड अन्तर्गतको छैठौँ योजना हो।


    सो म्युचुअल फन्ड खरिदका लागि लगानीकर्ताहरुले मंसिर १८ गते सम्म आवेदन दिन सक्नेछन्। मंसिर १८ गते अघि इकाइका लागि प्रर्याप्त आवेदन परेमा पूर्व सूचना दिई कुनै पनि दिन निष्काशन बन्द गरिने क्यापिटलले उल्लेख गरेको छ।

    क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ। सो इकाई मध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एसिया बैंकलाई छुट्याइएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सामूहिक लगानी कोष योजना सर्वसाधारणमा बिक्रीका लागि राखिएको छ।

    सो योजनामा प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन पाइने छ। सो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ। कोष प्रवर्धकमा एनआईसी एशिया बैंक छ। यो बन्दमुखी सामूहिक लगानी कोष योजना हो। यो योजनाको परिपक्क अवधि ७ वर्षको रहेको छ।

    क्यापिटलले यसअघि मंसिर ४ गतेबाट ७ गते सम्मका लागि योजनाहरुको निष्काशन तथा बिक्री खुला गरेको थियो। बिहीबार बिहान १० बजेसम्म यस योजनाका इकाईहरुमा ३० हजार ४ सय ४४ लगानीकर्ताहरुले ३७ करोड ३४ लाख ४९ हजार ५०० बराबरको ३ करोड ७३ लाख ४४ हजार ९५० यकाइका लागि आवेदन दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ