२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

images

  • २०८० मंसिर ८, शुक्रबार
  • 1.1K
    SHARES
  • भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

    जाजरकोटका भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।

    मङ्सिर ८, जाजरकोट : जाजरकोटका भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ।

    गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार ५ सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ। 

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिनुभयो। उहाँले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत बताउनुभयो। “केन्द्रका कर्मचारी तथ्याङ्क सङ्कलनमा रहेकाले तथ्याङ्क आउनेबित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ”, मन्त्री बस्नेतले भन्नुभयो। भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ