२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रशासनले भन्यो- दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन

images

  • २०८० मंसिर ८, शुक्रबार
  • 1.2K
    SHARES
  • प्रशासनले भन्यो- दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन

    मङ्सिर ८,काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महा अभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको प्रस्ट पारेको छ। दुर्गा प्रसाईँ नेतृत्वको अभियानले आज तीनकुने केन्द्रित कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले अनुमति नदिएको जनाएको हो।

    अभियानले अराजक र हिंसात्मक गतिविधि गर्न उक्साउने तथा हुलहुज्जत गरी निषेधित क्षेत्रतर्फ अघि बढ्ने कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले त्यस्ता गतिविधि गर्न नदिइने पनि प्रस्ट पारेको छ। कानुन विपरीतका गतिविधिमा सहभागी नहुन पनि जिल्ला प्रशासन काठमाडौंले आग्रह गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ