२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

४ महिनामा साढे ४ खर्ब नाघ्यो व्यापार घाटा

images

  • २०८० मंसिर ८, शुक्रबार
  • 1.1K
    SHARES
  • ४ महिनामा साढे ४ खर्ब नाघ्यो व्यापार घाटा

    मङ्सिर ८, काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ। 

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार यो अवधिमा नेपालले कूल रु ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो।

    भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ।

    गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात ३ दशमलव ७९, निर्यात ७ दशमलव ६८, व्यापार घाटा ३ दशमलव ३४ र समग्र वैदेशिक व्यापार ४ दशमलव १५ प्रतिशतले घटेको छ।
           
    नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो। चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु ३ खर्ब ४७ अर्ब ३ करोड बराबरको व्यापार गर्दा रु २ खर्ब ८१ अर्ब २ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ