मङ्सिर ९, बर्दिया : बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। प्रहरीका अनुसार चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको छ भने एक जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसि बुढा र ३२ वर्षकी राधा बुढा छन्। २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ।
घेराबारी नजिक रहेको टाइल लगाएको घरमा आगलागी के कारणले भएको हो प्रहरीले अनुसन्धान गरिरहेको छ।



