काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका उहाँ बयान मंगलबार राति १० बजे सकिएको हो।
सोमबार (जेठ १) मा पनि सरकारी वकिलको रोहबरमा प्रहरीले उहाँलाई बयान गराएको थियो। तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो।
शरणार्थीको नाममा ठगेको घटनामा खाणले इन्कारी बयान दिएको जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले बताएका छन् । बयानमा उहाँले आफ्नो कसुर अस्वीकार गर्नुभएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने विभिन्न कोणबाट उहाँसँग दिनभर बयान लिएका थियौँ ।
’पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।



