२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

२ महिनापछि २ अर्बमाथि कारोबार,दोहोरो अंकले बढ्यो नेप्से

images

  • २०८० मंसिर १०, आइतबार
  • 1.8K
    SHARES
  • २ महिनापछि २ अर्बमाथि कारोबार,दोहोरो अंकले बढ्यो नेप्से

    मङ्सिर १०, काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ४७.७५ अंकले बढेको छ। आज नेप्से परिसूचक एक महिना पछि १९०० विन्दुभन्दा माथि पुगेको छ। गत कात्तिक २ गते १९०० विन्दु माथि बन्द भएको नेप्से, सोपश्चात आज (मंसिर १० गते) १९०० विन्दुभन्दा माथि पुगेको हो। गत असोज ९ गते २ अर्ब नाघेको कारोबार पुन आज नेप्सेमा २ महिनापछि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

    आज नेप्से परिसूचक ४५.७५ अंक बढेर १९०७.९५ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक बढेको छ। नेप्सेको वृद्धिलाई आज कारोबारले पनि साथ दिएको छ। आज नेप्सेमा २९४ स्टकको ६६ हजार ५१६ पटकको कारोबारमा २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

    आइतबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। 

    यसैगरी, आज इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.४७ प्रतिशतले घटेको छ। त्यस्तै, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को शेयर मूल्य पनि २.४७ प्रतिशतले घटेको छ। शेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभरसहित ४ कम्पनीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। युनिलिभर, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य हालसम्मकै उच्च भएको हो।

    कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थान, ११ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको कारोबार रकम ७ करोड नाघेको छ।

    आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ। त्यसैगरी, आज वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ