२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२ महिनापछि बल्ल बेंसीशहर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन

images

  • २०८० मंसिर १०, आइतबार
  • 1.1K
    SHARES
  • २ महिनापछि बल्ल  बेंसीशहर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन

    मङ्सिर १०, लमजुङ : प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको २ महिनापछि बल्ल बेंसीशहर नगरपालिका नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन भएको छ। यस अघिका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल गत भदौ २९ गते बाग्मती प्रदेश कार्यालयमा सरुवा हुनुभएको थियो।

    उहाँको ठाउँमा मन्त्रालयले राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेललाई सरुवा गरेकोमा उहाँले अनिइच्छा देखाएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा शिक्षा शाखा उप-सचिव किसान राज चिलुवालालई दिइएको थियो। सुयेल जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आइसक्नुभएको छ।

    धादिङका जिल्ला समन्वय अधिकारी चेतनाथ अर्याल बेंसीशहरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आउनु भएको हो। सोमबारबाट कार्यालयमा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत अर्याललाई बेंसीशहर नगरपालिकाले मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ।

    नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाको विकासमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतले आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्ने आशा व्यक्त गर्नुभयो। नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत अर्यालले आफ्नो कार्यकालमा बेंसीशहर नगरपालिकालाई थप विकसित बनाउन अहोरात्र खटिने अठोट व्यक्त गर्नुभयो। 

    जनप्रतिनिधिको साथ र सहयोग साथै मौजुदा कर्मचारीसंगको समन्वयले नगरपालिकाको सर्वाङ्गिण विकासमा आफू दत्तचित्त भएर लाग्ने उहाँले बताउनुभयो। नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत अर्यालको स्वागत कार्यक्रममा नगरपालिका उपप्रमुख पदमा गुरुङ, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीलगायतको उपस्थिति थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ