काठमाडौं :-नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पुनरावलोकनको बाटोबाट आफूले न्याय पाउनेमा विश्वस्त रहेको बताउनु भएको छ। सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो ।
सोही विषयमा एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताउनु भएको हो । आज आफू रहेको डिल्लीबजार कारागारमा बोलाएर पार्टीका अन्य नेताहरूसँग छलफल समेत गरेका नेता चौधरीले पुनरावलोकनको बाटो खुला रहेको र अदालतले न्याय दिनेमा विश्वास रहेको बताउनु भएको छ ।



