मङ्सिर ११, काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिलिभरले मंगलबार अर्थात मंसिर १२ गते बुकक्लोज गर्ने भएको हो।
आज सम्म कायम शेयरधनीहरुले मात्र युनिलिभरको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
युनिलिभरले लाभांश प्रस्ताव सहित मंसिर २६ गते ३० औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।



