मङ्सिर ११, काठमाडौं : साताको दोस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुनको भाउले नयाँ उचाइ कायम गरेको छ। यसअघि कात्तिक १२ गते १ लाख १७ हजार पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउले एक महिनामा रेकर्ड तोडेको हो। आइतबार प्रतितोला १ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ।
यसदिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, तेजावी सुन तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार १८० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ तोकेको छ।



