२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

images

सत्कार खबर
  • २०८० जेठ ३, बुधबार
  • 696
    SHARES
  • नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं : बुधबार पनि सेयर बजार बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ ।

    पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसूचकहरुमा हरियाली देखिएको छ । जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै (२.२८ %)ले कमाएका छन् ।

    यस दिन आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रो र ग्रिनलाइफ हाइड्रोको मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै ७.९३ प्रतिशतले घटेर २७७.६० रुपैयाँमा झरेको छ । शिवम सिमेन्ट, नेपाल टेलिकम, एनआइसी एसियासहितका धितोपत्रको सबैभन्दा धेरै कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ