मङ्सिर १२, काठमाडौं : साताको तेस्रो दिन आज सुनचाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ। सोमबार १ लाख १७ हजार ४ सय पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको मूल्यले आज मंगलबार पनि रेकर्ड तोडेको छ। सोमबार प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ।
आज छापावाला सुन मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, १ लाख १७ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला तेजावी सुनको मूल्य १ लाख १६ हजार ८ सय ५० रुपैयाँ तोकिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।



