२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images

  • २०८० मंसिर १३, बुधबार
  • 1.1K
    SHARES
  • नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    मङ्सिर १३, काठमाडौं : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ। कम्पनीले सर्वसाधारणलाई ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको हो। 

    कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।  

    कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

    नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो। कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ।

    यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।  यस कम्पनीको हालको चुक्ता पुजी रु ५५ करोड रहेकोछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ