मङ्सिर १३, काठमाडौं : बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १६ सय रुपैयाँले बढेको छ। यो हाल सम्म कै उच्च बिन्दु हो। यसदिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य २० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार २८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय ३ रुपैयाँ तोकेको छ।



