२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचार आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो : गगन थापा

images

सत्कार खबर
  • २०८० जेठ ३, बुधबार
  • 1.2K
    SHARES
  • भ्रष्टाचार आरोपीलाई निलम्बन गर्ने र अदालतबाट पुष्टि भएमा जेल पठाउने हो : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताउनु भएको छ । प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै थापाले यस्तो बताउनु भएको हो ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

    खाणलाई कांग्रेसले निलम्बन गरिसकेको छैन। पार्टीका बैठकमा आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा थिएन भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केही नेताले निलम्बन गर्न मानिरहेका छैनन्। तर उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खाणलाई निलम्बन गरेर जानुपर्नेमा छन्।

    शरणार्थी प्रकरणमा आरोप लागेका खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा केही दिनदेखि पार्टीमा बहस चलिरहेको थापाले बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ