२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज ३६औँ विश्व एड्स दिवस : देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

images

  • २०८० मंसिर १५, शुक्रबार
  • 416
    SHARES
  • आज ३६औँ विश्व एड्स दिवस  : देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै

    मङ्सिर १५, काठमाडौं : आज ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। 

    हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यस सम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

    सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा ८ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ। सङ्क्रमणका कारण ४ करोड ४ लाखजनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन ३ हजार ६ सय मानिस एचआइभी सङ्क्रमित हुने गरेका छन्।

    केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एक जना एचआइभीबाट सङ्क्रमित हुने गरेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ