२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नौ हजार भूकम्प पीडितले पाए रु २२ करोड

images

  • २०८० मंसिर १५, शुक्रबार
  • 551
    SHARES
  • नौ हजार भूकम्प पीडितले पाए रु २२ करोड

    मङ्सिर १५, काठमाडौं : भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये ८ हजार ८ सय ३९ परिवारका लागि रु २२ करोड ९ लाख ७५ हजार रकम निकासा गरिएको छ। 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कूल ११ हजार ९ सय ९७ लाभग्राही प्रमाणित भएका छन्। प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो।

    पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ। प्रवक्ता खड्काका अनुसार बुधबारसम्म रु २ करोड ५३ लाख निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो। 

    प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि रु  २८ लाख, रुकुम पश्चिमका ८ हजार ५ सय ८५ लाभग्राहीका लागि रु २१ करोड ४६ लाख २५ हजार र बाजुराका १ हजार ४ सय ३७ लाभग्राहीमध्ये १ सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको रु ३५ लाख ५० हजार रकम निकासा गरिएको हो। 

    सल्यानमा कायम भएका १ हजार ४ सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ। कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रुत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ