मङ्सिर १७, काठमाडौं : साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हाल सम्म कै उच्च बिन्दु हो।
गत शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ५ सय ४८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



