मङ्सिर १७, काठमाडौं : साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजार ७.२९ अंकले घटेको छ। गत साताको सोमबारदेखि घटेको नेप्से आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक ७.२९ अंक घटेर १८५१.२३ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक घटेको छ।
कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स शीर्ष स्थान, ६ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज हाथवे इन्भेष्टमेन्टको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार रकम करिब ३ करोडको शेयर खरिदबिक्री भएको छ।
आज १३ उप-समूहमध्ये आज १ उप-समूहको परिसूचक बढेको छ भने बाँकी १२ उप-समूहको परिसूचक घटेको छ। आज लघुवित्त बाहेक सबै समूहको शेयर घटेको छ। आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज लघुवित्त उप-समूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। त्यसैगरी, आज म्युचुअल फण्ड उप-समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत घटेको छ।
नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि १ अर्बभन्दा तल झरेको छ। गत साता १ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २९३ स्टकको ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६३ प्रतिशत बढेको छ भने,सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ र इंगवा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै,आज ३ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।



