२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पोखरा महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री : महानगर प्रमुख आचार्य

images

  • २०८० मंसिर १७, आइतबार
  • 1.1K
    SHARES
  • पोखरा महानगरभित्रका पूर्वाधार अपाङ्गतामैत्री :  महानगर प्रमुख आचार्य

    मङ्सिर १७, पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताउनु भएको छ। ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उहाँले महानगरले आगामी दिनमा निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिनुभयो। 

    यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने उहाँको भनाइ छ। “महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा वितरण गरिने छ”, उहाँले भन्नुभयो। पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएकालाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिँदै समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो।

    महानगरले अपाङ्गता भएका व्यक्तिका लागि ऐन, कानुन निर्माण गरेको र केही कमी-कमजोरी भए यस क्षेत्रमा काम गर्ने सङ्घ-संस्था र व्यक्तिको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने उहाँले बताउनु भयो। अपाङ्गता भएका व्यक्ति वा परिवार पाल्नुपर्ने महिलालाई उप-प्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको बताउनु भयो।

    ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका अवसरमा पोखरा महानगरको गेटबाट पोखरा सभागृहसम्म र्‍यालीसमेत गरिएको थियो। र्‍यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो। 

    कार्यक्रममा महानगरपालिका अपाङ्गता परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाइँ, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष  गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी लगायतले अपाङ्गता क्षेत्रमा भएका समस्या लगायतका विषयमा आ-आफ्ना धारणा राख्नु भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ