मङ्सिर १८, हेटौँडा : हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक डिलम थिङ र ट्याक्टरमा रहेका जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिनुभयो।
गएराति हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिनुभयो।



