मङ्सिर १८, काठमाडौं : हिमालयन डिस्टीलरीले २५ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको मङ्सिर १७ गते आइतबार बसेको संचालक समितिको बैठकले २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा सभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।




