मङ्सिर १८, काठमाडौं : तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १५ लाभांश दिने घोषणा गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ।
कम्पनीको संचालक समितिको बैठकले २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।
कम्पनीको २७ औं वार्षिक साधारण सभाको मिति, समय स्थान तथा सेयरधनी दर्ता पुस्तिका बन्द रहने सम्बन्धी सुचना पछि प्रकाशित गर्ने जानकारी पनि दिएको छ।




