मङ्सिर १९,काठमाडौं : आज मंगलबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
यता, चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको थियो।



