गत सातादेखि घट्न थालेको सेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
मङ्सिर १९, काठमाडौं : साताको तेस्रो कारोबार दिन आज मंगलबार सेयर बजार १०.१० अंकले घटेको छ। आज नेप्से परिसूचक १०.१० अंक घटेर १८३७.७१ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज माउन्टेन इनर्जि शीर्ष स्थान, ३६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सिटिजन लाइफ इन्स्याेरेन्सको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ।
आज १३ उप-समूहमध्ये आज १ उप-समूहको परिसूचक बढेको छ भने बाँकी १२ उप-समूहको परिसूचक घटेको छ। आज ६२ स्टकको मूल्य बढेको छ भने १६१ स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य स्थिर रहेको छ।
नेप्से निरन्तर ओरालो लागेपनि कारोबार रकम भने बढेको छ। हिजो सोमबार १ अर्ब १९ करोडको शेयर कारोबार भएको बजारमा आज २९२ स्टकको ३८ हजार ५८४ पटकको कारोबारमा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको ४६ लाख ४८ हजार कित्ता शेयर कारोबार भएको छ।
आज सिंगटी हाईड्रो इनर्जीको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनी र माउन्टेन इनर्जीको शेयर नकारात्मक लेभलमा कारोबार भएको छ। आज जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २..५७ प्रतिशत घटेको छ। त्यसैगरी, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी घटेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com