२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री डा. महत

images

  • २०८० मंसिर १९, मंगलबार
  • 1.1K
    SHARES
  • बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री डा. महत

    मङ्सिर १९, काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताउनुभएको छ। नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा। महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन। यो बचतकर्ताको पैसा हो।

    ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो। त्यसको क्षतिपूर्ति कसले तिर्ने रु त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्। बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन।’

    ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ। त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ। अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो।’–उहाँले भन्नुभयो।

    नेपालको अर्थतन्त्र विग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको उल्लेख गर्नुहुँदै मन्त्री महतले तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गरेकोे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारण यसको कारक बनेको बताउनुभयो। 
     
    थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्डको आयात रोकिएपछि उद्योग नै नेपाल आएको उहाँले बताउनुभयो। ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने ३ गुणा रोजगारी बढ्छ। आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि ३ गुणा बढ्छ’– मन्त्री डा. महतको भनाइ थियो। 

    ‘राजश्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ। परिवारको आवश्यकता पूर्ति गर्न सक्छ। देश भनेको पनि  परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता छ। सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौँ। यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ