पछिल्लो सात कारोबार दिनपछि आज नेप्से झिनो अंक बढेको छ।
काठमाडौं : पछिल्लो सात कारोबार दिनपछि आज बुधबार नेप्से झिनो अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ। आज फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थान, ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज सन नेपाल लाइफ इन्स्योरेन्सको करिब साढे ३ करोडको शेयर कारोबार भएको छ भने माउन्टेन इनर्जिको कारोबार रकम करिब ६ करोड २० लाखको शेयर खरिदबिक्री भएको छ।
आज १३ उप-समूहमध्ये आज ८ उप-समूहको परिसूचक बढेको छ भने बाँकी ५ उप-समूहको परिसूचक घटेको छ। आज १२१ स्टकको मूल्य बढेको छ भने १०६ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य स्थिर रहेको छ।
नेप्से सामान्य अंक बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजी डेढ अर्बको शेयर कारोबार भएको बजारमा आज २९३ स्टकको ३४ हजार ९७१ पटकको कारोबारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ तथा विजय लघुवित्तको शेयरमूल्य ८ प्रतिशत भन्दा बढी बढेको छ भने सिंगटी हाइड्रो इनर्जीको शेयर नसर्वाधिक ९.१३ प्रतिशत घटेको छ।आज जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७० प्रतिशत घटेको छ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com