काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी तामझाम’को तयारी नगर्न सुरक्षा निकायलाई निदेर्शन दिनु भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडल संसद् जादैहुनुहुन्छ ।
विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो ।
निर्वाचित भएपछि गोरखा पुगेर ‘अब सवारी नभएर आवागमन भन्न’ निर्देशन दिएका राष्ट्रपति पौडेलले नागरिकलाई असुविधा हुनेगरी कारगेड प्रयोग नगर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ ।



