काठमाडौँ : स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले शुक्रबार अर्थात मंसिर २२ गते बुकक्लोज गर्ने भएको हो।
आज सम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। लघुवित्तले लाभांश प्रस्ताव सहित पुस ४ गते २२ औ वार्षिक साधारण सभा बोलाएको छ। सभा, अम्रपाली ब्यांकेट एन्ड इभेन्ट्स, बालुवाटार मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित छ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँ रहेको छ। १२.३५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ करोड पुग्नेछ।



