काठमाडौँ : साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य बढेको छ। दुई दिनमा प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेको हो।
हिजी बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, चाँदीको मूल्य २० रुपैयाँले घटेर आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको थियो।



